आइतवार, श्रावण २४ गते २०८३

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ । यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो ।

तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ । यता, पोखराविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा यी दुई टिम एकपटक आमनेसामने भएका थिए । उक्त खेलमा चितवनले सुदूरपश्चिविरुद्ध ३३ रनको जित निकालेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार