सोमवार, श्रावण २५ गते २०८३

शुक्रबार २०६५ संक्रमित थपिए, २५ जनाको मृत्यु 

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं। शुक्रबार २ हजार ६५ कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा १३ हजार ११७ पीसीआर तथा ४ हजार ३६५ एन्टीजेन परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससंगै नेपालमा पीसीआरबाट ७ लाख ५६ हजार ४९२ र एन्टीजेनबाट ८२ हजार ४५६ जना संक्रमित पुगेका छन्। 
सोही अवधीमा २ हजार ३३७ संक्रमणमुक्त भएका छन् । यससंगै जम्मा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २ सय ३० पुगेको छ। 

त्यस्तै शुक्रबार २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। यससंगै १० हजार ६६३ जनाको मृत्यु भएको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय संक्रमित ३७ हजार ५९९ जना रहेको मन्त्रालयले पुष्टी गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार