आइतवार, श्रावण २४ गते २०८३

सुदूरपश्चिम रोयल्सले दियो पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा माथिल्लो क्रमका ब्याटर चल्दा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा सुदूरपश्चिमले सात विकेट गुमाउँदै १९३ रन जोडेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि आज ओपनर ब्याटर चलेका थिए । जुन काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा उल्टो थियो । आज ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीले शतकीय साझेदारी गरेका थिए । १०८ रनको साझेदारी गर्ने क्रममा ब्राउनले ३५ बलमा ६८ रनको योगदान दिए भने विनोदले ४२ बलमा ४३ रन जोडेका हुन् ।

तेस्रो क्रममा आएका अर्का ब्याटर क्रिस लिनले १३ बलमा आक्रामक ३१ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रनको योगदान दिएका छन् । सुरुवातमा २ सयभन्दा माथि देखिएको स्कोर अन्तिममा भने ब्याटर धर्मराएर त्यति पुग्न सकेन् ।

पोखराका तर्फबाट जेम्मी निसमले ३, ड्यान डथवेट र आकाश चन्दले २–२ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार