पोखराले लगातार दोस्रो हार व्यहोरेको दिन सुदूरपश्चिमले भने एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको हो। यो जितसँगै चार अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पोखरा भने अंक तालिकाको पुछारमा झरेको छ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाए। उनले ३२ बलमा चार चौका र चार छक्काको मद्दतले ५३ रन बनाए।
त्यस्तै, जेम्स निसमले ४७ रन बनाए। उनले २५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। सुदूरपश्चिमका लागि हरमित सिंहले दुई, स्कट कुग्लिजिन, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र नरेन साउँदले एक–एक विकट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १९३ रन बनाएको थियो।