आइतवार, श्रावण २४ गते २०८३

एनपीएलमा आज ब्रेक, सोमबार दुई खेल हुने, यी टोलीबीच हुनेछ भिडन्त

आइतवार , मंसिर ७, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कुनै पनि खेल नहुने भएका छन् । यससँगै सोमबार दुई खेल हुने भएका छन् । 

सोमबार बिहान ११ : ४५ बजे पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुने भएको छ । 

दई–दुई खेल खेल्दा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर चार–चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाडौँ दुई अंक जोड्दै तेस्रो स्थानमा छ।

प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुई–दुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकवहीन छन्। जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई खेल गुमाइसकेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार