काठमाडौं । प्रदेश १ मा माधव कुमार नेपालको साथ छोडेका २ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले नयाँ दल दर्ता गर्दा माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् ।