आइतवार, श्रावण २४ गते २०८३

विराटनगर किंग्सले दियो जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । जनकपुर बोल्ट्सका बलरहरुले उत्कृष्ट प्रदरश्न गरेपछि नेपाल प्रिमियर लिग अन्तर्गत अहिले भइरहेको खेलमा विराटनगर किंग्स १३५ रनमा रोकिएको छ ।

यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट गुमाएर जनकपुरबोल्टस्‌लाई १३६ रनको लक्ष्य दिएको हो ।

विराटनगरका लागि शुभम रन्जाले सर्वाधिक ३८ रन बनाउँदा बसिर अहमदले ३५ र लोकेश बमले २८ रन बनाएका छन् । जनकपुरले १६ ओभरसम्म स्पीनल बलिङ गराएको थियो ।

जनकपुरका रुपशे सिंहले १२ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका छन् । यस्तै संगिथ कुरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका छन् । आदित्य माहताले १ विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार