आइतवार, श्रावण २४ गते २०८३

विराटनगर किंग्सले जनकपुर बोल्टमाथि नौ रनको रोमाञ्चक जित निकाल्यो

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा विराटनगरले जनकपुरलाई अन्तिम ओभरमा पराजित गरेको हो । विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको हो । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले नौ विकेट गुमाएर १२६ रन बनायो ।

जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिएका छन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सात विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।

विराटनगरका लागि शुभम रञ्जानेले ३७, वसिर अह्मदले ३६, लोकेश बमले ३८, मार्टिल गप्टिलले १३ र जर्ज मन्सीले १० रन बनाए ।

जनकपुरका लागि संगीत कुर्रे र रुपेश सिंहले दुई–दुई तथा आदित्य महताले एक विकेट लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार