आइतवार, श्रावण २४ गते २०८३

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । आजको खेलमा कर्णाली र सुदूरपश्चिमले अघिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् ।

आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

कर्णाली याक्स  ः सोमपाल कामी (कप्तान), पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल ।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन र हरमित सिंह ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार