शुक्रवार, आश्विन १६ गते २०८३

२१ जना जेनजी समूहले सिंहदरबार प्रवेश नपाएपछि गेटमै टाँसे मागपत्र

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । सिंहदरबार प्रवेश अनुमति नपाएपछि मिराज ढुंगाना, रवीकिरण हमालसहित २१ जना जेनजी समूहका सदस्यहरूले सोमबार सिंहदरबारको मुख्य गेटमै आफ्नो मागपत्र टाँसेका छन् ।

सोमबार उनीहरूले संविधान खारेजीदेखि लिएर निर्वाचन आयोगमा दर्ता भएका दल तथा पूर्व सांसद, मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्नेसम्मका माग अघि सारेका छन् ।

जेनजी समूहले राजनीतिक दलहरूको आर्थिक गतिविधि, जनप्रतिनिधिहरूको सम्पत्ति र सरकारी संयन्त्रको पारदर्शिताबारे तत्काल कदम चाल्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार