काठमाडौँ । जेनजी आन्दोलनपछि उग्र अभिव्यक्ति दिइरहेका नेकपा एमालेका नेता महेश बस्नेत घेराबन्दीमा परेका छन् । उनीप्रति जेनजीको एक समुह निकै रुष्ट बनेको छ । त्यसकारण उनले सुरक्षा बिना यात्रा गर्न पनि निकै जोखिम छ । यस्तो अवस्था स्वयम बस्नेतकै कारण आएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्य दलका नेताहरुले आफ्ना कमिकमजोरी महशुस गर्दै माफी मागिरहेका छन् । अन्य नेताहरुले सुर्धिने बाचा पनि गरिरहेका छन् । तर, एमालेका नेता महेश बस्नेत भने जेनजी आन्दोलनपछि झनै उग्र बनिरहेका छन् । उनले सरकार ढाल्नेसम्मको चेतावनी दिइरहेका छन् ।
जेनजीहरुलाई धम्क्याउने काममा पनि उनी लागेका छन् । जसले गर्दा बस्नेतप्रति जेनजीको एक समुह निकै आक्रोशित बनेको हो । त्यसैले जेनजीले बस्नेतलाई लखेट्ने बताइरहेका छन् । आइतबार मात्रै महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी प्रहार भयो ।
विराटनगर विमानस्थलबाट सुनसरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन् । लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर २ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर १ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरु कांग्रेसनिकट विद्यायार्थी संघठन निविसंघमा आवद्ध रहेको खुलेको छ ।
पछिल्लो समय बस्नेतको विरुद्धमा जनेजीहरुले ठाँउ ठाँउमा प्रदर्शन गरिरहेका छन् । मंसिर ३ गते बिहानै एमाले नेता शंकर पोखरेल र महेश बस्नेत लगायतका नेताहरु मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागि हुन त्रिभुवन विमान स्थल पुगेका थिए । उता बाराका जेनजीहरुले मंसिर २ गते नै एमाले नेताहरु आउन लागेको सूचना पाएका थिए । जेनजी अगुवा सम्राट उपाध्यायको आह्वानमा जेनजीहरु मंसिर ३ गतेको बिहानै सिमरा विमानस्थल पुगे । महेश बस्नेतलाई बारामा पाइला टेक्न नदिने भन्दै उनीहरु विमानस्थल पुगेका हुन् ।
त्यहाँ जेनजीहरुले सिमरा विमानस्थल कब्जा गर्न खोजेपछि बस्नेत लगायतका एमाले नेताहरु काठमाडौँमै रोकिए । त्यस्तै आइतबार सुनसरी जाने क्रममा रातो रङ प्रहार भयो । त्यस्तै बस्नेत सुनसरीको इटहरी पुगेपछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका थिए। महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।
आफूमाथि आक्रमणको जोखिम बढेपछि बस्नेतले चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेखेर, बोलर आफ्नो विरोध गर्न पाइने तर, भौतिक आक्रमण गरे सहेर नबस्ने उनको चेतावनी छ । तर, महेश बस्नेतले आफ्नो बोलीमा ब्रेक लगाउनु पर्नेमा अझै धम्की दिदैँ हिड्नु उनकै लागि घातक हुने देखिन्छ ।