काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा मंगलबार काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा यी दुई टिमबीच दिउँसो ४ बजे खेल हुनेछ । काठमाडौँ यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।
यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ । अंक तालिकामा भने काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन् ।