काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजका हुन् । लुम्बिनीको यो तेस्रो खेल हो । यअसघिका दुई खेलमा लुम्बिनीले एक जितेको थियो भने एक हारेको थियो । लुम्बिनीले कर्णाली याक्ससँग हारेको थियो भने चितवन राइनोजलाई जितेको थियो ।
काठमाडौं आज चौथो खेलमा छ । यसअघिका दुई खेल हारेको छ भने एक खेल जितेको छ । जनकपुर बोल्ट्ससँग जितेको काठमाडौंले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग हारेको थियो ।
काठमाडौंले आजको खेलमा दुई परिवर्तन गरेको छ । रिकार्डो भान्सेन्सोलेसको स्थानमा मिलिन्द कुमार र प्रतिक श्रेष्ठको स्थानमा दिपेश कँडेल सुरुवाति ११ मा आएका छन् ।
लुम्बिनीले भने एक परिवर्तन गरेको छ । समिर अलीको स्थानमा तिलक भण्डारी सुरुवाति ११ मा परेका छन् ।
काठमाडौं गोर्खाजको टोली : करण केसी (कप्तान), शाहब आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरसमस र जोहन सिम्पसन ।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल (कप्तान), सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी सर्ट, गुल्बदिन नइब, रुबेन ट्रम्पलम्यान र जोनाथन स्मिथ ।