काठमाडौँ । दृष्टिविहीन महिला टी-२० विश्वकपको उपविजेता नेपाली टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुरस्कृत गरिएको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबारको खेल सुरु हुनअघि उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले पुरस्कृत गरेको हो। क्यानका सचिव पारश खड्काले उपविजेता टोलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
उनीहरूलाई क्यानका पदाधिकारी र खेलाडीले स्वागत गरेका छन्। हालै श्रीलंकामा भएको दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपाल उपविजेता बनेको थियो।
विश्वकप फाइनलमा भारतसँग नेपाल ८५ रनले पराजित भएर उपविजेता बन्न पुगेको थियो।