आइतवार, श्रावण २४ गते २०८३

काठमाडौँसँग लुम्बिनी पराजित

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । काठमाडौँ गोर्खाजले चौथो खेलमा जित दर्ता गरेको छ। १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमा समेटियो। 
 
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो। यो लुम्बिनीको लगातार दोस्रो हार हो। 

काठमाडौँले भने लगातार दुई हारपछि जित हासिल गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ

त्यसपछिका दुई खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। तर, चौथो खेलमा लुम्बिनीलाई पराजित गर्दै काठमाडौँले ‘प्लेअफ’को सम्भावना कायमै राखेको हो। 

लिग चरणमा सबै टोलीले समान सात खेल खेल्दा अंक तालिकामा पछि पर्ने चार टोली बाहिरिनेछन्। दुईदेखि चौथो चरणका खेल जारी रहँदा पाँच वटा टोली समान दुई खेलमा पराजित भएका छन्। 

पोखरा र जनकपुर दुवै खेलमा जितविहीन हुँदा काठमाडौँले चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ। लुम्बिनी र कर्णालीले समान तीन खेलमा एक जित र दुई हार ब्यहोरेका छन्। चितवन एक जित र एक हार नतिजा निकाल्दा सुदूरपश्चिम र विराटनगर तेस्रो खेलसम्म अपराजित छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार