आइतवार, श्रावण २४ गते २०८३

एनपीएलमा आज विराटनगर र चितवनबीच खेल हुँदै

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछन्।

विराटनगर सन्दीप लामिछाने कप्तान रहेको टिम हो भने चितवनका कप्तान कुशल मल्ल हुन्। यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

विराटनगरले अहिलेसम्म हारको सामना गरेको छैन। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। यस्तै दुई खेलमा एउटामा मात्र जित निकालेको चितवनको दुई अंक मात्र छ।

लामिछाने सर्वाधिक विकेट लिएर शीर्ष स्थानमा छन्। उनले दुई खेलमा ७ विकेट हात पारेका छन्। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तेस्रो स्थानमा छ।
चितवन तालिकाको पाँचौं स्थानमा छ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन्। नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार