आइतवार, श्रावण २४ गते २०८३

चितवन राइनोजले दियो विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो । चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाएका छन् । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरेका हुन् ।

सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुईरदुई तथा शुभम रन्जानले एक विकेट लिएका छन् ।

सुरुवाती १० ओभरमा ७५३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार