आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनी लायन्सले दियो सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भएको हो । १७ औँ ओभरमा लगातार ३ विकेट गुमाएपछि लुम्बिनीले विशाल योगफल तयार पार्न सकेन । १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे ।

सोही ओभरको पाचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट रनआउट भएका हुन् । लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगेका थिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक हुन पुग्यो । उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए । दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए । ओपर्न डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाउँदै आउट भए । शेर मल्ल ४ रनमा बोल्ड आउट भए ।

सुदूरपश्चिमका लागि अविनास बोहोराले ३ विकेट लिएका छन् । अविनासले आफ्नो स्पेलमा २६ रन दिएका छन्। हरमित सिंहले ३ विकेट र ३.३ ओभरमा २२ रन खर्चेका छन् । हेमन्त धामीले २ विकेट लिएका छन् । स्कट कुगेलाइनले एक विकेट लिएका छन् ।

सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार