आइतवार, श्रावण २४ गते २०८३

आजको दोस्रो खेलमा जनकपुरविरुद्ध पोखराले टस जितेर ब्याटिङ गर्दै

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ ।

एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले आज एक खेलाडी परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।

जनकपुरले भने आज तीन खेलाडी परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दैछन् ।

यी दुवै टोलीले यसअघि दुईदुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार