आइतवार, श्रावण २४ गते २०८३

एनपीएलमा आज दुई खेल हुँदै : चितवन र काठमाडौँ तथा कर्णाली र विराटनगर खेल्दै

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ । दोस्रो सिरिजको नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार दुई खेल हुँदैछ । पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच बिहान ११ः४५ बजे हुने छ ।

यस्तै, दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच अपराह्न ४ बजे हुनेछ । यसअघि जनकपुर काठमाडौँ सँग पाँच विकेट तथा विराटनगर किङ्ग्ससँग नौ विकेटले पराजित भएको थियो ।

चार खेल खेलिसकेको काठमाडौँ र तीन खेल मात्र खेलेको चितवनको समान चार अंक छ। अंक तालिकामा भने चितवन तेस्रो स्थानमा छ भने काठमाडौं चौथो स्थानमा छ। दुवै टिम आजको खेल जित्नैपर्ने दबाबमा छन्। चितवन कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन् ।

चार खेलमा विराटनगरले एक खेल मात्र गुमाएर ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ। विराटनगर तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली पाँचौं स्थानमा छ।

विराटनगरका लागि थप सम्भावना भए पनि कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ। कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार