काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरिुद्ध काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ रोजेपछि काठमाडौँले ब्याटिङ गर्ने भएको छ।
काठमाडौँले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। चितवनले भने अघिल्लो खेलको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ। अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल सुरुवाती ११ मा आएका हुन्।
जारी लिगमा चौथो खेल खेल्न लागेको चितवन तेस्रो जित तथा पाचौँ खेल खेल्न लागेको काठमाडौँ तेस्रो जितको खोजीमा छन्।
चितवन राइनोजः
कुशल मल्ल, देव खनाल, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार, दीपक बोहोरा, कमलसिंह ऐरी, डाविड मलान, रवि बोपारा, सैफ जैव, सोहेल तनविर
काठमाडौँको टोलीः
करण केसी कप्तान, शाहब आलम, रसिद खान, दीपेश कँडेल, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जेहार्ड इरासमस, जोहन सिम्पसन