सोमवार, श्रावण २५ गते २०८३

शनिबार १८५७ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

शनिवार , भाद्र १२, २०७८

काठमाडौं । शनिबार १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ । मनलयका अनुसार २४ घण्टामा २ हजार २२२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

त्यस्तै शनिबार २७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड-१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ ।

हाल देशभर ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार