आइतवार, श्रावण २४ गते २०८३

विराटनगर किंग्सविरुद्ध कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्ने

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर अर्जुन घर्तीको ठाउँमा ब्याटर दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ ।

विराटनगरले भने ३ खेलाडी परिवर्तन गरेको छ । सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई राखिएको छ । विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार