आइतवार, श्रावण २४ गते २०८३

बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ । कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ। 

 नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो। 

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई/दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक/एक विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो ।

कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए । विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक/एक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार