आइतवार, श्रावण २४ गते २०८३

बाढीपहिरोले १३२ जनाको मृत्युपछि श्रीलंकामा आपतकाल घोषणा

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । मुसलधारे वर्षाका कारण १३२ भन्दा बढीको मृत्यु भएपछि दक्षिण एशियाली राष्ट्र श्रीलंकामा आपतकाल घोषणा गरिएको छ ।

राष्ट्रपति अनुराकुमार दिसानायकले खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गरेका हुन् । यो घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न सरकारलाई अधिकार प्रदान गर्छ ।

आपतकाल घोषणा गर्नुको उद्देश्य सार्वजनिक सुरक्षाको रक्षा गर्नु, राष्ट्रिय स्थिरता कायम राख्नु रहेको उल्लेख छ । श्रीलङ्का चक्रवात दित्वाहबाट प्रभावित भएकोमा १३२ जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ झन्डै २ सयभन्दा बढी बेपत्ता रहेको विपद् क्षेत्रका अधिकारीहरूले बताएका छन् ।

श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ । श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार