आइतवार, श्रावण २४ गते २०८३

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सैपाल हिमाल केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का बाजुरामा पनि महसुस गरिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङसहित आसपासका स्थानीयमा त्रास फैलिएको छ । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले चेतावनी जारी गरेको छ ।

विपद् कुनै बाजा बजाएर नआउने भन्दै प्रशासनले भूकम्पसहितका प्राकृतिक विपद्‌बाट जोगिन सजग र सतर्कता अपनाउन स्थानीय नागरिकलाई सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार