आइतवार, श्रावण २४ गते २०८३

फेरि ओली-प्रचण्ड वारपारको लडाईँमा !

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । २०८१ असार १८ गते बिहानसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच स्वर्ग र नर्क सँगै जाने कुरा भइरहेको थियो ।

तर, असार १७ गते राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्य गर्ने सहमति गरिसकेका थिए । प्रचण्डले असार १८ गतेको साँझ मात्रै उक्त कुरा थाहा पाए । त्यसयता ओली र प्रचण्डको सम्बन्धमा धरार आएको छ । हुन त विगतमा पनि ओली र प्रचण्ड कहिले निकै मिलेका छन् भने कहिले एकअर्काका दुश्मन बनेका छन् ।

जेनजी आन्दोलनपछि पनि ओली र प्रचण्डको टकराब झन बढ्दै गएको छ । जेनजी आन्दोलनमा भएको विध्वंसको पछाडि प्रचण्डको हात रहेको ओलीको दाबी छ । यता प्रचण्डले पनि ओलीलाई नेपालकै नम्बर वान झुटो बोल्ने ब्यक्ति घोषणा गरेका छन् । प्रचण्डले भदौ २४ गते बालुवाटारबाट सेनाको हेलिकप्टरमा ओली भागेको भन्दै व्यंग्य गरेका छन् । प्रचण्डले ओलीलाई व्यंग्य गर्दै सत्तामा पुगेर पनि हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताएका छन्। 

‘चुनाव जितेर मात्रै केही नाप्दो रहेनछ र हेलिकप्टर चढेर भाग्नु पर्ने रहेछ। ठूलो कुरा जनताबीचको एकता आवश्यक रहेछ। आज उहाँले यो सबै प्रचण्डले गरायो भन्दै हिँडेको सुन्छौं। तर उहाँको अझै पनि अहंकार त्यागेको देखिँदैन‘, प्रचण्डले भने । 

अब यसको जवाफ ओली पनि प्रचण्डलाई फर्काउने तयारीमा छन् । पछिल्लो समय ओली र प्रचण्डबीचको टकराब झन बढ्दै छ । उनीहरुबीच वाक युद्ध नै चलिरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार