आइतवार, श्रावण २४ गते २०८३

एसिसी यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई खेल्दै

सोमवार , मंसिर १५, २०८२

काठमाडौँ । संयुक्त अरब इमिरेट्समा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक यूएईसँग नेपाल भिड्दैछ।

उपाधि भिडन्त सोमबार बिहान साढे १० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल र यूएई दुवै टोली एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबिच तेस्रो स्थानका लागि खेल हुन्छ र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

तेस्रो स्थानका लागि सोमबार नै मलेसिया र ओमानबिच खेल हुनेछ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार