आइतवार, आश्विन २५ गते २०८३

माधव नेपाललाई योगेश भट्टराईले दिए यस्तो चुनौती, पुरा गर्न सक्लान त ?

आइतवार , भाद्र १३, २०७८

काठमाडौं। नेकपा एमालेका सचिव योगश भट्टराईले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई पार्टीमा भएकालाई अध्यक्ष बनाएर देखाउन चुनौती दिएका छन्।

नेपालले हिजो एक कार्यक्रममा आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएको भोली पल्ट योगेशले यस्तो चुनौती दिएका हुन्।भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु। आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो।’ नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार