आइतवार, श्रावण २४ गते २०८३

के भयो जनकपुर बोल्ट्सलाई ?, च्याम्पियन टिम यस्तो पनि हुन्छ ?

सोमवार , मंसिर १५, २०८२

काठमाडौँ । के भयो जनकपुर बोल्ट्सलाई ?, च्याम्पियन टिम यस्तो पनि हुन्छ ? यी दुई प्रश्नले अहिले क्रिकेट प्रेमीहरुको मनमा पक्कै पनि खुलदुली गरेको हुनसक्छ। जनकपुर बोल्ट्सका समर्थकहरुलाई पनि राति सुत्दा ती दुई प्रश्नले सताउने गर्छ ।

नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको विजेता हो-जेनकपुर बोल्ट्स । पहिलो संस्करणमा जनकपुरको रापताप छुट्टै थियो । आठ टिम सहभागि एनपीएलमा जनकपुरले उच्च प्रदर्शन गर्यो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै एनपीएलको च्याम्पियन पनि बन्यो ।

एनपीएलको दोस्रो संस्करणमा पनि जनकपुरलाई एक बलियो टोलीको रुपमा हेरिएको थियो । तर, जनकपुरका खेलाडीहरुको प्रदर्शन निकै कमजोर छ । हालसम्म चार खेल खेलेको जनकपुरले खाता समेत खोल्न सकेको छैन । जनकपुरले आफ्नो प्लेअफको सम्भावना पनि गुमाएको छ । हालसम्म जनकपुर शुन्य अंकका साथ अंक तालिकाको पुछारमा छ ।  

पहिलो खेलमा जनकपुर काठमाडौँ गुर्खाज, दोस्रो खेलमा बिराटनगर किंग्स, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भयो । चौथो खेलमा जनकपुर गत संस्करणको उपविजेता सुदूरपश्चिमसँग पराजित भएको हो । सुदूरपश्चिमले भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

हालसम्म पाँच खेल खेलेको सुदूरपश्चिमले पाँचै खेलमा जित हात पार्दै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । तर, यता जनकपुरको भने बेहाल छ । जनकपुरको यस्तो अवस्था आउनुको पछाडि खेलाडीहरुबीचको मनमुटाब मुख्य कारण भएको समर्थकहरुको गुनासो छ । कतिपय खेलाडीहरुबीच नै बोलचाल नभएको उनीहरुको दाबी छ ।

विषेशगरि कप्तानीको विषयलाई लिएर जनकपुरमा विवाद भएको समर्थकहरुको दाबी छ । अनिलकुमार शाह र आसिफ सेखबीचको सम्बन्धमा धरार आएको चर्चा छ । तर, यी दुबै खेलाडी चार वटै खेलमा चल्न सकेनन् ।

नेपाली खेलाडी नचल्दा विदेशी खेलाडीको भरमा खेल खेल्नु परेको छ । त्यसमाथि टिमभित्रको आन्तरिक विवादले जनकपुरको अवस्था बेहाल बनेको एकथरिको बुझाइ छ । कुनै पनि च्याम्पियन टिम यति कमजोर हुन्छ ? यो गम्भिर प्रश्न उठेको छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार