काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गतको आजको खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्। अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुई खेलाडी परिवर्तन गरेका छन्।
चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ। दिपक बोहोरा र रिजन ढकाललाई बेन्चमा राखेको छ। जनकपुरले अनिल शाह र सचिन भट्टलाई प्लेइङ ११ मा ल्याएको छ। ललित राजवंशी र किशोर महतोलाई बेन्चमा राखेको छ।
जनकपुरका लागि सचिनले पहिलो खेल खेल्न लागेका हुन्।