आइतवार, श्रावण २४ गते २०८३

पोखराले कर्णालीलाई दियो २०२ रनको विशाल लक्ष, आडमको पहिलो शतक

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सका ओपनर ब्याटर एडम रोसिंगटनले शतकको मद्दतले कर्णाली याक्सलाई २०२ रनको विशाल चुनौती दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराको टोलीले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २०१ रन जोडेको हो । खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिएका छन् । उनीसँगै ओपनिङमा आएका कप्तान कुशल भुर्तेल १७ बलमा १८ रन बनाएर आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो । पछि रोय अर्धशतक बनाउनबाट चुके । उनले ३४ बलमा २ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाएका छन् ।

त्यसपछि क्रिजमा आएका धनञ्जय लक्षणले पनि ११ बलमा आक्रामक पारी खेल्दै २३ रन बताएका छन् । कर्णालीका तर्फबाट नन्दन यादव र मार्क वाटले मात्रै एक–एक विकेट प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार