आइतवार, आश्विन २५ गते २०८३

कहिले होला मन्त्रीपरिषद् विस्तार? बालुवाटारमा भयो यस्तो सहमती!

आइतवार , भाद्र १३, २०७८

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने सहमति जनाएका छन्।

बालुवाटारमा आज नेताहरुबीच भएको छलफलमा मन्त्रिमण्डल विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने सहमति जुटेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगाएत दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।

छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको एक नेताले जानकारी दिए। मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल भएको र जनता समाजवादी पार्टीका शीर्ष नेता बाहिर रहेकाले भोलि फेरि बसेर अन्तिम टुंगो लगाउने सहमति भएको ती नेताले बताए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार