आइतवार, श्रावण २४ गते २०८३

विराटनगरले दियो लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४४ रनको मध्यम लक्ष्य दिएको छ ।

विराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको हो । बुधबार दिउँसो लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । खेलमा लुम्बिनीका बलरले विराटनगरमाथि सुरुवात देखि नै दबाबमा राखेका थिए । जसले विराटनगरको अवस्था चिन्ताजनक अवस्थामा पुगेको थियो ।

त्यसपछि विराटनगरलाई अघिल्लो खेल जिताएका बसिर अहमदले आएर छोटो, तर राम्रो इनिङ खेल्दा लुम्बिनीसामू चुनौतीपूर्ण लक्ष्य तयार भएको हो ।   खेलमा बसिरले १९ बलमा २८ रनको योगदान दिँदा लोकेश बमले ४२ बलमा ३५ रन बनाए । यस्तै साम हेजलेटले २० बलमा २७ रनको योगदान दिए ।

लुम्बिनीका बलमार शेर मल्लले ३, जेजे स्मिथ, अभिशेष गौतम, रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार