काठमाडौं । दाङमा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका-३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी हुन्।
घरायसी विवाद हुँदा गएराति देवीकुमारीले खिमलाललाई हँसिया र बाँसको लट्ठी प्रहर गरी हत्या गरेको प्रहरीले जनाएको छ। देवीकुमारीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।