आइतवार, श्रावण २४ गते २०८३

गोलन्जोरमा जुनार मेला हुने

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा जुनार मेला हुने भएको छ । गाउँपालिकाले आयोजना गर्न लागेको मेला मंसिर २३ गतेदेखि ३ दिनसम्म चल्ने छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बरालले जुनारको खेती हुँदै आएको वडा नम्बर ४ मा मेला हुने बताए । ‘यहाँ जुनारको राम्रो सम्भावना छ त्यो सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो ’ अध्यक्ष बरालले भने ‘मेलामा जुनारविज्ञका साथै सरोकारवालाको उपस्थिति हुने भएकाले पनि मेलाले सार्थकता पाउने विश्वास गरेका छौं ।’

उनले जुनारको प्रबद्र्धन गर्न र अन्तर्राष्ट्रिय बजारसम्म जुनारलाई पुर्याउन मेला प्रभावकारी हुने बताए । वागमति प्रदेशका कृषिमन्त्रीले मधुसुदन पौडेलले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

अध्यक्ष बरालले मेलाको अवलोकन गर्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष बरालले ३ हजारभन्दा बढी मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार