आइतवार, श्रावण २४ गते २०८३

टस जितेर चितवनले बलिङ गर्दै, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् । प्लेअफ सम्भावना जिवितै राख्न चितवनलाई जित्नै पर्ने दबाब छ । यो खेल सुदूरपश्चिमले जितेमा भने विराटनगर किंग्सको प्लेअफ सुरक्षित हुनेछ । विराटनगरको अहिले आठ अंक छ ।

सुदूरपश्चिम १० अंकसहित शीर्षस्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भए पनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।

त्यस्तै, पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने बाध्यता छ । चितवनको चार अंक मात्रै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार