आइतवार, श्रावण २४ गते २०८३

सुदूरपश्चिमको लगातार छैटौं जित, चितवन ४९ रनले पराजित

बिहिवार , मंसिर १८, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिमले छैटौं जित निकालेको छ । सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रन बनाउँदै अलआउट भयो ।चितवनका लागि रवि बोपाराले सर्वाधिक २९, देव खनाल २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सुदूरपश्चिमले १६९ रन जोड्यो ।

सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४, विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन बनाए ।

चितवनका लागि सैब जैबले दुई, रञ्जित कुमार र जर्ज स्क्रिमसोले समा एक-एक विकेट लिए । चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनामा कठिन बनेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार