तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुबै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने ५ खेल मात्र खेलेको जनकपुरले २ अंक मात्र जोडेको छ ।
यो खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ । यसअघि नै सुदूरपश्चिम, काठमाण्डु र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन् ।