आइतवार, श्रावण २४ गते २०८३

जनकपुर टस जित्दै ब्याटिङमा उत्रियो, लुम्बिनीले बलिङ गर्दै

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । यसअघि कप्तानको जिम्मेवारी पाएका वायन पार्नेलको स्थानमा संगीथ कूरे आएका छन् । पार्नेल पेलेइङ–११ मै नपरेपछि जनकपुर बोल्ट्सले आज फेरि कप्तान परिवर्तन गरेको छ । आज जान निकोल लफ्टी इटनले कप्तानी गरेका छन् ।

आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ । यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन् । जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ ।

लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई हराएको छ । जनकपुरले पनि चितवन राइनोजलाई हराएर आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार