काठमाडौं । प्रदेश र स्थानिय तहका जनप्रतिनिधिलाई २२ गतेसम्म दल रोज्नका लागी निर्वाचन आयोगले समय दिएको छ। निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन्। दुवै दलले ९ भदौमा मान्यता पाएका थिए।
अध्यादेशमा भएको व्यवस्था अुनसार आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो । अब एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नयाँ पार्टी रोज्न चाहे २२ गतेभित्र आयोगमा उपस्थित भई सनाखत गर्नुपर्ने छ।