आइतवार, श्रावण २४ गते २०८३

मलेखु–मुग्लिङ सडकखण्डस्थित तिङ्ग्राङखानीमा दुईवटा बस ठोक्किए

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए । बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।

फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार