आइतवार, श्रावण २४ गते २०८३

सुदूरपश्चिमका क्रिस लिन र जाेस ब्राउन एनपीएलकाे प्लेअफ अगाडि नै अष्ट्रेलिया फर्किए

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । सुदूरपश्चिम रोयल्सका दुई अष्ट्रेलियन खेलाडी क्रिस लिन र जोस ब्राउनले एनपीएलको प्लेअफ नखेल्ने भएका छन् । उनीहरू दुवै अष्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ ।

रोयल्सको छैटौं म्याचमा चितवनविरूद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए । उनले बिराटनगर विरूद्ध समूह चरणको अन्तिम म्याच खेल्न सकेनन् । चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ ।

जोस ब्राउन भने बिग ब्यासका लागि गएका हुन् । यी दुवै ब्याटरको अनुपस्थितिले सुदूरपश्चिमको टप अर्डरमा रिक्तता पैदा हुन सक्ने देखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार