सोमवार, श्रावण २५ गते २०८३

आइतबार १३८८ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

आइतवार , भाद्र १३, २०७८

काठमाडौं । आइतबार १ हजार ३८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयका अनुसार १० हजार २९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार  २१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट ७ लाख ५९ हजार २२२ र एन्टिजेन विधिबाट ८२ हजार ९७१ जनामा संक्रमण पुष्टि भइसकेको छ। मन्त्रालयका अनुसार  घण्टामा २ हजार २६० जना संक्रमण मुक्त भएका छन। हालसम्म कूल संक्रमितमध्ये ७ लाख १२ हजार ७१२ जना निको भएका छन्। नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

त्यस्तै आइतबार २४ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको छ । हाल देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार