आइतवार, कार्तिक ९ गते २०८३

बलात्कार आरोपित मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

आइतवार , भाद्र १३, २०७८

काठमाडौं। कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरिएको छ।

बलात्कारको आरोप लागेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्न माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन तथा युवा संघ नेपाल र अनेरास्ववियुले आइतबार दिउँसो र्‍याली निकालेका हुन् सहित मुख्यमन्त्री घेराउ गरेका हुन्। 

एमाले पार्टी कार्यालयबाट ‘बलात्कार आरोपित मन्त्रीलाई बर्खास्त गर’ लेखिएको ब्यानरसहित निस्केको र्‍यालीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको थियो। 

karnali-kurmaraj-shahi.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार