आइतवार, श्रावण २४ गते २०८३

आज सुदूरपश्चिम र विराटनगरबीच भिडन्त हुँदै, को पुग्ला फाइनल ?

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङसबीच महाभिडन्त हुने भएको छ ।

विराटनर र सुदूरपश्चिमबीचको खेल अपरान्ह ४ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल निकै रोमाञ्चक हुनेछ । खेल हेर्न क्रिकेट प्रेमीहरु आतुर छन् ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको सुदूरपश्चिम र अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरलाई उपाधिको दाबेदारीको रुपमा पनि हेरिएको छ ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको साविक उपविजेता सुदूरपश्चिम यसपटक उत्कृष्ट प्रदर्शनमा छ । सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये लगातार ६ खेल जितेको थियो।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लिग चरणका पाँच खेल जितेको छ । लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुवात गरेको विराटनगर चौथो र छैटौँ खेलमा पराजित भएको थियो। तर, पाचौँ र अन्तिम खेलमा विजयी भएर प्लेअफको यात्रा सुनिश्चित गरेको विराटनगर निकै बलियो देखिन्छ ।

शनिबार भएको अन्तिम खेलमा भने विराटनगरसँग पराजित भएको हो। विराटनगरसँग उक्त हारको बदला लिर्दै फाइन पुग्ने दाउमा सुदूरपश्चिम छ । उता विराटनगर पनि सुदूरपश्चिमलाई हराउँदै फाइन पुग्ने रणनीतिमा छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार