आइतवार, श्रावण २४ गते २०८३

थाइल्यान्ड र कम्बोडियाबीच झडप

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ । थाइल्यान्ड र कम्बोडियाबीच जारी लडाइँ रोकिएको छैन। दुई देशबीच सोमबार पनि रातभर झडप भएको छ।

कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार मध्यरातपछि थाई सेनाले सीमानजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोली चलाएको जनाएको छ।

रोयटर्सका अनुसार थाइल्यान्डले मंगलबार आफ्नो क्षेत्रबाट कम्बोडियाली सेना हटाउन कारबाही गरिरहेको बताएको छ। आक्रमणमा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको कम्बोडियाली रक्षा मन्त्रालयले बताएको छ।

योसँगै दुई देशबीच जारी पछिल्लो द्वन्द्वमा मृत्यु भएकाको संख्या ६ पुगेको रोयटर्सले उल्लेख गरेको छ। लडाइँमा थाइल्यान्डका एक सैनिक पनि मारिएका छन्।  दुवै देशले एकअर्काविरुद्ध सुरुमा हमला गरेको आरोप लगाइरहेका छन्।

गत जुलाईमा युद्धविराम भएयता दुई देशबीचको यो सबैभन्दा गम्भीर द्वन्द्व हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार