आइतवार, श्रावण २४ गते २०८३

विराटनगरले बलिङ गर्दै, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलेले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दै छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् । लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

आजको जितेता टोली फाइनल प्रवेश गर्नेछ । सुदूरपश्चिमले भने पाँच खेलाडी परिवर्तन गरेको छ । दीपक बोहरा, हिक्मत महरा, जस ब्राउन, धु्रव परासर र पुनित मेहरालाई आजको खेलमा बेन्चमा राखेको छ ।

विराटनगरले शंकर रानाको स्थानमा नारायण जोशीलाई ल्याएको छ ।

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह ।

विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोेशी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे ।

प्रतिक्रिया
सम्बन्धित समाचार