आइतवार, श्रावण २४ गते २०८३

विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ ।  विराटनगर किंग्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो।

सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर पहिलो प्रयासमा नै उपाधि नजिक पुग्ने मौका गुमाएको छ। अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ। विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। 

एलिमिनेटर खेलमा बुधबार तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन्। सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए। 

मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा हरमित सिंहबाट क्याच आउट हुन पुगे। बसिर अहमदले १२ रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार