आइतवार, श्रावण २४ गते २०८३

आज देशैभर मौसम सफा रहने, उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस

बुधवार , मंसिर २४, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

बुधबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यता काठमाडौँ उपत्यकामा बुधबार बिहान मंगलबारभन्दा चिसो बढेको छ। महाशाखाका अनुसार बिहान ५ : ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियसमा झरेको छ। मंगलबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार